नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम डेढ अर्ब मुनि

काठमाडाैं | माघ २३, २०७९

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम डेढ अर्ब मुनि

काठमाडौं :  सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.४४ प्रतिशतले बढेर ४०२.०१ विन्दुमा अडिएको छ।

 

यसदिन २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रूपैयाँमा खरिदबिक्री भयो।

 

कारोबार रकम अघिल्लो दिन आइतबारको तुलनामा घटेको हो। आइतबार नेप्से १.५४ अंकले बढेको थियो। सो दिन १ अर्ब ९३ करोड १७ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

 

आज २९ हजार ८४६ पटक सेयर कारोबार भयो।

 

सामान्य अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

 

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड ४५ लाख ७३ हजार ६१ रूपैयाँको सेयर कारोबार भयो।

 

युनिभर्सल पावर कम्पनीको ५ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड मूल्य बढिको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे।

 

कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६को घट्यो।

 

बैंकिङ,फाइनान्स,होटल्स एन्ड टुरिजम,हाइड्रोपावर,इन्भेस्टमेन्ट,मनु एन्ड प्रो र माइक्रो फाइनान्सको सूचक बढ्दा डेभलपमेन्ट बैंक,लाइफ इन्स्योरेन्स,म्युचुअल ,ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक घटेको हो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्